जयमंगलापुरमा महिला तथा पुरुष पहलवानबीच रोमाञ्चक कुस्ती प्रदर्शन, दर्शकको घुइँचो

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा दीपावली अर्थात् लक्ष्मीपूजाको भोलिपल्ट लाग्ने परम्परागत मेलाको अवसरमा सोमबार कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।

हरेक वर्ष लक्ष्मीपूजाको भोलिपल्ट आयोजना हुँदै आएको मेलामा यस वर्ष पनि वडा समितिको आयोजनामा कुस्ती प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा नेपाल र भारतका चर्चित महिला तथा पुरुष पहलवानहरूको सहभागिता रहेको थियो ।

स्थानीय मौलिक खेलकुद तथा कुस्ती परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता हेर्न स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष दीपेन्द्र कुमार सिंहको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा मेला समितिका अध्यक्ष सिकन्दर साह कानु, गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता, नेपाली कांग्रेस पर्साका सहसचिव एवं गाउँपालिका अध्यक्षका प्रत्यासी नवीन कुमार सिंह, वडा सचिव राजकिशोर प्रसाद चौरसिया, कार्यपालिका सदस्य भगिया देवी लगायतको विशेष उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार