वीरगञ्जको दशैं मेलामा युवतीमाथि दुर्व्यवहारको आरोप, ४५ वर्षीय साह पक्राउ

कात्तिक २ गते

वीरगञ्ज । वीरगञ्जको दशैं मेलामा मेला हेर्न आएका युवतीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका–४, बलिरामपुर निवासी ज्योतीलाल कलवारका करिब ४५ वर्षीय छोरा अखिलेश कुमार साह रहेका छन्।

प्राप्त विवरणअनुसार, आइतबार राति मेला हेर्ने बहानामा मादक पदार्थ सेवन गरेर आएका साहले मेलामा सहभागी युवतीहरूमाथि दुर्व्यवहार गरेको आरोप छ। घटनापछि अस्थायी प्रहरी पोस्ट घण्टाघरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाएको जनाइएको छ।

पीडित पक्षसँग समन्वय गर्दै वडा प्रहरी कार्यालय बिर्ताले घटनासम्बन्धी मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाएको बताइएको छ।

साह वीरगञ्ज भन्सारमा माछा तथा तरकारीको भन्सार पास गराउने एजेन्टका रूपमा काम गर्दै आएको जनाइएको छ। उनले प्रहरीसमक्ष पत्रकारको परिचयपत्र देखाउँदै धाकधम्की दिने गरेको आरोपसमेत लगाइएको छ।.

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार