छिपहरमाईमा पूर्व गाविस अध्यक्षसहित सयौँ नेता–कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

कार्तिक ८
पर्साको छिपहरमाई गाउँपालिकामा विभिन्न राजनीतिक दल परित्याग गर्दै पूर्व गाविस अध्यक्षसहित सयौँ नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेहरूमा छिपहरमाई गाउँपालिकाका पूर्व गाविस अध्यक्ष गौरीशंकर प्रसाद साह कानु तथा गाउँपालिका अध्यक्ष पदका प्रत्याशी सन्दीप शाह कानुसहित गाउँपालिकाका विभिन्न वडाका अगुवा नेता तथा कार्यकर्ताहरू रहेका छन्।

काठमाडौंको कोटेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नवप्रवेशीहरूलाई टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरूले नेपाली कम्युनिष्ट पार्टीको समाजवादी विचारधारा, राष्ट्रिय हित तथा जनताको पक्षमा अघि बढाइने अभियानमा सक्रिय रूपमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

छिपहरमाई गाउँपालिकाका पूर्व गाविस अध्यक्ष तथा गाउँपालिका अध्यक्ष पदका प्रत्याशीसहितका नेता–कार्यकर्ता पार्टीमा प्रवेश गरेपछि स्थानीय राजनीतिक वृत्तमा यसले चर्चा पाएको छ।

नेपाली कम्युनिष्ट पार्टीले विभिन्न क्षेत्रका नेता तथा कार्यकर्ताहरू पार्टीमा प्रवेश गर्ने क्रम बढ्दै गएको जनाएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार