वीरगंज ।
वीरगंजको मुख्य चोक घण्टाघरबाट बुधबार राती ९ बजे एउटा मोटरसाइकल चोरी भएको छ । घण्टाघर नजिकैको सडकको पारीपटीवाट मोटरसाइकल चौरी भएको थियो भने सडकको वारीपट्टि ट्राफिक प्रहरी ड्युटीमा थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि ड्युटीमै थिए ।

यसरि चोकबाटै मोटरसाइकल चोरी भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।
बीरगंज महानगरपालिका-१६ नगवा निवासी मोहन पासवानको ना १७ प २३३६ नम्बरको हिरो होन्डा स्प्लेन्डर मोटरसाइकल चोरी भएको हो ।
पासवानका अनुसार घण्टाघरस्थित शर्मा मार्केट अगाडि पार्किङ गरेर राखिएको मोटरसाइकल अज्ञात व्यक्तिले चोरेर लगेका हुन् । घटनासम्बन्धी सीसीटीभी फुटेजमा एक जना अज्ञात व्यक्ति मोटरसाइकल लिएर गएको देखिए पनि उनीहरूको पहिचान हुन सकेको छैन ।
दिपावलि र छठ सुरु हुनै लाग्दा वीरगंजको मुख्य व्यस्त चोकबाटै मोटरसाइकल चोरी भएपछि सवारीसाधनको सुरक्षा र चोरी नियन्त्रणमा प्रहरीको सक्रियतामाथि प्रश्न उठेको छ ।
प्रहरीको नियमित ड्युटी रहने स्थानबाटै चोरी हुनु सुरक्षा चुनौतीका रूपमा देखिएको छ । मोटरसाइकल खोजीको लागि प्रहरीमा उजुरी गरिएको छ
एक महिना आगडी सोही ठाउँबाट बा १८ प २५११ नम्बरको अर्को मोटरसाइकल चोरी भएपनि प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन्



