पर्सा : नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत पर्साको छिपहरमाई गाउँपालिकामा दोस्रो गाउँपालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट गाउँपालिका सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत रूपमा चयन हुनुभएको छ।
अधिवेशनले पालिकाको अन्य पदाधिकारीहरू पनि सर्वसम्मत चयन गरेको छ
सभापति: धुरेन्दर साह कान उपसभापति: रबिन्द्र यादव

सचिव: पप्पु कुमारयादव नेपाली कांग्रेस पर्साका सहसचिव नवीन सिंको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त पालिका अधिवेशनमा पार्टीका बुथ सभापतिहरू, क्षेत्रीय प्रतिनिधिहरूका साथै ठूलो संख्यामा स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया


