वीरगञ्ज-१०, // रानीघाटस्थित बनारसी चोकमा रहेको आधुनिक इन्स्टिच्युटले शैक्षिक क्षेत्रमा उत्कृष्टता र सबैका लागि पहुँचयोग्य गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने उद्देश्यसहित नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरेको छ।
संस्थानले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई मासिक रु. १,००० मा सम्पूर्ण विषयको अध्यापन गराउने व्यवस्था मिलाएको छ। त्यस्तै, कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई मासिक रु. १,२५० मा उत्कृष्ट र अनुभवी शिक्षकमार्फत शिक्षण गराइने जनाइएको छ।

त्यसैगरी, +2, BBS र MBS तहमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि पूर्ण कोर्स शुल्क रु. ३,५०० निर्धारण गरिएको संस्थाका निर्देशक भगिरथ शर्मा (MBS in Account, १३ वर्षको शिक्षण अनुभव) ले जानकारी दिए।
भविष्यमा थप व्यावसायिक तथा प्रतिस्पर्धात्मक परीक्षाका तयारी कक्षासमेत सञ्चालन गर्ने योजना रहेको बताइएको छ। विशेषगरी प्रहरी तयारी, अंग्रेजी भाषा कोर्स, बैंकिङ प्रणाली तथा शिक्षक सेवा आयोगका तयारी कक्षा छिट्टै सुरु गरिने सञ्चालक भगीरथ साहले जानकारी दिए।
स्थानीय समुदायमा सहज मूल्यमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यसहित अघि बढेको यस संस्थाबाट धेरै अभिभावक लाभान्वित हुने अपेक्षा गरिएको छ।



