सिद्धार्थ माविमा पंखा खस्दा २ विद्यार्थी घाइते, छानबिन समिति गठन

वीरगंज चिनीमिलस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयमा कक्षाकोठाभित्र सिलिङ पंखा खस्दा दुई जना विद्यार्थी घाइते भएका छन् ।

विहीबार बिहान करिब ६:३० बजे कक्षा ७ मा पढाइ भइरहेको समयमा चलिरहेको सिलिङ पंखा अचानक चुँडिएर विद्यार्थीमाथि खसेको हो । घटनामा १३ वर्षीय अमन कुमार पण्डित र १३ वर्षीय आर्यन पटेल घाइते भएका छन् ।

विद्यार्थीका अनुसार पंखाका भागहरू छुट्टाछुट्टै दिशामा उछिट्टिँदा उनीहरूलाई चोट लागेको थियो । घाइतेमध्ये अमनको दायाँ आँखामा चोट लागेको बताइएको छ ।

दुवै विद्यार्थीको नारायणी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ । विद्यालय प्रशासनले तत्काल उद्धार गरी अस्पताल पुर्‍याएको जनाएको छ ।

घटनापछि वीरगंज महानगरपालिकाले सत्यतथ्य छानबिनका लागि दुई सदस्यीय समिति गठन गरेको छ । समितिलाई ४८ घण्टाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

समितिमा अधिकृतद्वय राजेश गिरी र शम्भु प्रसाद सदस्य रहेका छन् । शैक्षिक प्रशासन महाशाखाले घटनाको अध्ययन, अनुसन्धान तथा सुझावसहित प्रतिवेदन तयार गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार