पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीस्थित मुखदेव सुशिला प्राविधिक माध्यमिक विद्यालयले एसइई २०८२ मा ४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई ल्यापटप प्रदान गर्दै सम्मान गरेको छ ।
विद्यालय परिसरमा आयोजित पुरस्कार वितरण तथा स्वागत–विदाइ कार्यक्रममा विन्दवासिनी गाउँपालिका–गर्दौलका विद्यार्थी अभिषेक साह रौनियारलाई उत्कृष्ट नतिजाको कदरस्वरूप ल्यापटप हस्तान्तरण गरिएको हो ।

विद्यालयका संस्थापक मुखदेव प्रसाद र प्रधानाध्यापक लक्ष्मीकान्त साहले संयुक्त रूपमा पुरस्कार प्रदान गर्दै विद्यार्थीको मेहनतले विद्यालयको प्रतिष्ठा उच्च भएको उल्लेख गरे । उनीहरूले आगामी दिनमा पनि उत्कृष्ट विद्यार्थीलाई यस्तै प्रोत्साहन जारी रहने बताए ।
कार्यक्रममा ४ जिपिए ल्याउने विद्यार्थीका अभिभावकलाई समेत सम्मान गरिएको थियो । साथै एसइई उत्तीर्ण अन्य विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको विद्यालयले जनाएको छ ।
त्यसैगरी कक्षा १२ पूरा गरेका विद्यार्थीको विदाइ तथा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीको स्वागत कार्यक्रम पनि सोही अवसरमा सम्पन्न गरिएको थियो ।



