हरिखेतान क्याम्पसमा विवाद चर्कियो, प्रमुखमाथि कालोमोसो प्रहार

वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पस मा लामो समयदेखि जारी आन्तरिक विवाद बिहीबार हिंसात्मक मोडमा पुगेको छ । क्याम्पस प्रमुख किशोरी राय माथि क्याम्पस परिसरमै कालोमोसो दलिएको घटनापछि प्रहरी सक्रिय बनेको छ ।

बिहान करिब ८ बजे पाँच–छ जनाको समूहले रायमाथि दुर्व्यवहार गर्दै कालोमोसो दलेको हो । घटनापछि पुगेको वडा प्रहरी कार्यालय बिर्ताको टोलीले क्याम्पसकै दुई कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत ले जानकारी दिनुभयो ।

क्याम्पस प्रशासन र शिक्षकबीच क्याम्पस निजीकरणको आरोपसहित लामो समयदेखि विवाद चल्दै आएको छ । पछिल्लो पटक चार जना करार शिक्षकको सेवा अन्त्य गर्ने निर्णयपछि असन्तुष्टि झनै बढेको थियो ।

क्याम्पस प्रशासनले लालकिशोर प्रसाद पटेल, रविन्द्र कुमार यादव, पूजा गुप्ता र दिलीप कुमार पण्डित को करार सेवा समाप्त गरेपछि शिक्षक तथा कर्मचारीहरूले तालाबन्दी र धर्ना गर्दै आएका थिए ।

घटनापछि प्रहरीले संलग्नमाथि कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ भने नागरिक समाजले पनि असहमतिको नाममा भएको दुर्व्यवहारको कडा निन्दा गरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार