मधेस प्रदेश सभाका सभामुख चयनका लागि पुस ६ गते निर्वाचन हुने

मधेस प्रदेश सभाका सभामुख चयनका लागि निर्वाचनको मिति निर्धारण गरिएको छ। प्रदेश सभामा लामो समयदेखि रिक्त रहेको सभामुख पदका लागि निर्वाचन प्रक्रिया आजबाट औपचारिक रूपमा अघि बढाइएको हो।

प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम ७ बमोजिम सभामुख निर्वाचनका लागि यही पुस ६ गते मिति तोकिएको छ। उपसभामुख बबिता राउतले आज बसेको प्रदेश सभाको बैठकमा सभामुख निर्वाचनको मिति घोषणा गर्दै यसबारे सदनलाई जानकारी गराएकी हुन् ।

उनका अनुसार रिक्त सभामुख पदका लागि उम्मेदवारीसम्बन्धी सूचना यही पुस ५ गते प्रकाशित गरिनेछ। निर्वाचन प्रक्रिया सहज रूपमा सञ्चालन गर्न उपसभामुख राउतले प्रदेश सभा सचिव बासु कोइरालालाई आवश्यक व्यवस्था मिलाउन निर्देशनसमेत दिएकी छन् ।

सभामुख निर्वाचनको मिति घोषणा भएसँगै आजको प्रदेश सभा बैठक स्थगन गरिएको छ । लामो समयदेखि सभामुख पद रिक्त रहँदा प्रदेश सभाको नियमित कार्यसूची प्रभावित हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार