युवा समाजसेवी उमेश महतोद्वारा नवरात्रका व्रतालुलाई जुस र पानी वितरण

जिराभवानी, असोज ३१

मेघराज राय |
पर्साको जिराभवानी गाउँपालिका वार्ड नम्बर १ निवासी युवा व्यवसायी तथा समाजसेवी उमेश महतोले नवरात्रको अवसरमा व्रत बसेका श्रद्धालुहरूलाई जुस तथा पिउने पानी वितरण गरेका छन्।
जिराभवानी गाउँपालिका–१ अन्तर्गत बलुवा र गढीमाई क्षेत्रमा रहेका नवरात्रका व्रतालुहरूलाई महतोले जुस र पानी वितरण गरेका हुन्।

धार्मिक आस्था, सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनाले प्रेरित भएर व्रतालुहरूलाई सहयोग गरिएको बताइएको छ।
नवरात्रको समयमा श्रद्धालुहरू पूजापाठ तथा व्रतमा व्यस्त रहने भएकाले उनीहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले जुस र पानी वितरण गरिएको यस कार्यले

धार्मिक सहिष्णुता र सामाजिक सद्भावको सन्देश दिएको छ।
स्थानीय स्तरमा युवा पुस्ताले सामाजिक तथा धार्मिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै समाजसेवामार्फत सकारात्मक योगदान पुर्‍याउनु प्रशंसनीय मानिन्छ।

युवा व्यवसायी उमेश महतोको यस कार्यले समाजमा सहयोग, सद्भाव र सेवाभावलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।एसैबिच सोही ब्रातालुहरु लाई युवासमज पकडीटोलाले पनि फ्रुटी र पानी वितरण गरेको थियो

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार