मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन

सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ।

न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सोमबार जारी गरेको आदेशअनुसार, यदि यादवले २४ घण्टाभित्र विश्वासको मत लिन सकेनन् भने संविधानको धारा १६८ (२) अनुसार सरकार गठन गर्न परमादेश जारी गरिनेछ।

अदालतको यो आदेश ७३ जना सांसदहरूले गैरसंवैधानिक ढंगले यादवको नियुक्ति भएको भन्दै पेश गरेको रिट निवेदनमा आएको हो।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार