शेख हसिनालाई बुझाउन भारतसँग बंगलादेशको माग, भारतको अस्पष्ट प्रतिक्रिया

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई भारतबाट तुरुन्तै बुझाइदिन बंगलादेश सरकारले औपचारिक आग्रह गरेको छ। मानवताविरुद्धका अपराधमा दोषी ठहरिएकालाई कुनै पनि देशले आश्रय दिनु न्यायप्रणालीको अवहेलनासरह हुने बंगलादेशको विदेश मन्त्रालयले जनाएको हो।

बीबीसीका अनुसार भारतीय विदेश मन्त्रालयले भारत बंगलादेशमा शान्ति, स्थिरता र लोकतन्त्र चाहने बताएको छ। तर हसिना र कमाललाई नेपाल–बंगलादेशमा पठाउने वा नपठाउने भन्ने स्पष्ट जवाफ भने नदिएको उल्लेख छ। भारतले कूटनीतिक भाषामा मात्र प्रतिक्रिया दिएको हो।

यसअघि बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले गत वर्ष जुलाई–अगस्टमा भएका विद्रोह र हिंसात्मक घटनामा संलग्नता रहेको ठहर गर्दै शेख हसिनालाई दुई आरोपमा मृत्युदण्ड र तीनमा आजीवन कारावासको फैसला सुनाएको थियो। पूर्व गृहमन्त्री कमाललाई पनि मृत्युदण्ड सुनाइएको थियो। पूर्व प्रहरी महानिरीक्षक अब्दुल्ला अल ममून भने सरकारी साक्षी बनेका कारण पाँच वर्षकै सजायमा सीमित भएका छन्।

फैसला ४५३ पृष्ठ लामो छ र तीन सदस्यीय न्यायाधिकरणले विस्तृत रूपमा सुनाएको हो। फैसला सुनिँदै गर्दा ढाकास्थित अदालत परिसरमा ठूलो भीड जम्मा भई नारा जुलुसदेखिएको बीबीसीले जनाएको छ।

अभियोजन पक्षका अनुसार सोही विद्रोहमा १ हजार ४ सय व्यक्तिको ज्यान गएको र करिब २५ हजार घाइते भएका थिए। हसिनाविरुद्ध रंगपुरका विद्यार्थी अबु सैदको हत्या, ढाका चंखर पुलमा ६ जनाको हत्या, र ५ अगस्ट २०२४ मा अशुलियामा भएका सामूहिक गोलीकाण्ड तथा शव जलाउने घटनामा संलग्नताको आरोप थियो।

शेख हसिना र असदुज्जमान खान दुवै हाल भारतमा निर्वासनमा रहेका छन्।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार