धनुषामा वडाध्यक्ष हत्याकाण्ड : प्रहरी जवान शम्भु यादव पक्राउ

धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको हत्यामा संलग्न आरोपमा प्रहरी जवान शम्भु यादवलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमका अनुसार भोज खाने विषयमा विवाद चर्किएपछि हिजो वडाध्यक्ष यादवमाथि जवान यादवले गोली प्रहार गरेका थिए।

घटनामा केही व्यक्ति घाइते भएका छन् र उनीहरूको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा जारी छ।

गोली प्रहार गर्ने शम्भु यादव धनुषा प्रहरीमै कार्यरत रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बमले जानकारी दिए।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार