वीरगंज , ८ बैशाख –
गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय सेयर तथा अन्य लगानीसम्बन्धी विवाद चुलिँदै गएका बेला उनले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका हुन्।

आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले तत्काल प्रभावबाट पद त्यागेको उनले उल्लेख गरेका छन्। गुरुङले पछिल्ला दिनमा उठेका प्रश्नलाई गम्भीर रूपमा लिएको पनि बताएका छन्।
उनले पदभन्दा नैतिकता ठूलो भएको उल्लेख गर्दै जनविश्वास कायम राख्नु नेतृत्वको प्रमुख दायित्व भएको बताएका छन्। साथै, सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठेको जनचासोलाई सम्मान गर्दै आफूले यो निर्णय लिएको स्पष्ट पारेका छन्।
तपाईको प्रतिक्रिया



