तस्करी नियन्त्रण र भन्सार सुधारबारे सांसदसँग गृहमन्त्री गुरुङको छलफल

गृहमन्त्री सुधन गुरुङले सीमापार तस्करी नियन्त्रण र भन्सार प्रणाली सुधारका विषयमा मधेस र लुम्बिनी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।

छलफलमा सांसदहरूले भन्सार प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै भन्सार दर पुनरावलोकन, सीमामा निगरानी तथा अनुगमन संयन्त्र सुदृढ गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले कृषि सामग्री र मलखादको भन्सार प्रक्रिया सहज बनाउनुपर्ने तथा सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि दैनिक उपभोग्य वस्तु आयातमा निश्चित भन्सार छुटको व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि राखेका छन्।

मधेस प्रदेशका जनप्रतिनिधिहरूले सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि प्रभावकारी संयन्त्र आवश्यक रहेकोमा जोड दिएका थिए।

गृहमन्त्री गुरुङले छलफलमा उठेका सुझावलाई कार्यान्वयन गर्ने र आवश्यक विषयमा अर्थ मन्त्रालयसँग समन्वय गरी समाधान खोजिने बताएका छन्।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार