युवापुस्ता अब चुप बस्ने छैनन्: नेविसंघ नेता पटेलको चेतावनी

फागुनमा हुने निर्वाचनको सन्दर्भमा युवापुस्ताले अब चुप नबस्ने चेतावनी नेविसंघका विद्यार्थी नेताले दिएका छन्। कृष पटेलले राष्ट्रिय स्वतन्त्र पार्टीसहित नयाँ भनिएका राजनीतिक शक्तिहरूको व्यवहारले युवाको भरोसा कमजोर बनाएको बताए।

नेविसंघका विद्यार्थी नेताका अनुसार, फागुनमा हुन गइरहेको निर्वाचनमा कुलमान घिसिङ, रवि लामिछाने र बालेन शाहजस्ता व्यक्तिहरूको एकजुटता सकारात्मक सन्देशको रूपमा देखा परेको थियो। यसले पुराना दलप्रति निराश भएका युवाहरूमा नयाँ आशा जगाएको थियो।

तर हालै सार्वजनिक समानुपातिक सूचीले त्यस्तो आशामाथि प्रश्न खडा गरेको नेविसंघले बताएको छ। नयाँ राजनीति र सुशासनको दाबी गर्ने शक्तिले नै नातावाद र कृपावादलाई प्राथमिकता दिनु निराशाजनक कदम भएको उनीहरूले बताए। विशेषगरी पारिवारिक नाताका आधारमा व्यक्तिहरूलाई अवसर दिनु पुराना दलहरूको आलोचना गर्दै आएको शक्तिको लागि नैतिक कमजोरी भएको टिप्पणी गरिएको छ।

नेविसंघले भनेको छ कि नेपाली कांग्रेसभित्र पनि पुस्तान्तरण, योग्य युवालाई अवसर र पुरानै अनुहारलाई पटक–पटक उम्मेदवार बनाउने प्रवृत्तिमाथि गम्भीर समीक्षा आवश्यक छ। एउटै व्यक्तिलाई निरन्तर अवसर दिँदै जानु कत्तिको जायज हो भन्ने प्रश्न अब युवाले उठाउने समय आएको छ।

“अब हामी युवापुस्ता चुप बस्दैनौं। नयाँ भनिएका दल हुन् वा परम्परागत पार्टीहरू — जहाँ नातावाद, कृपावाद र अवसरको अन्याय हुन्छ, त्यहाँ प्रश्न उठाइनेछ। अन्ततः कुन पार्टीले सही अभ्यास गर्योन र कुनले जनआशा तोड्यो भन्ने मूल्याङ्कन जनताले नै गर्नेछन्,” नेविसंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार