एक महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता, ६ मन्त्री थपिए

मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका छन्। पछिल्लो विस्तारसँगै प्रदेश सरकार १२ सदस्यीय बनेको छ।

मुख्यमन्त्री यादवले आज ६ जना मन्त्री नियुक्त गरेपछि लामो समयदेखि अपूर्ण रहेको मन्त्रिपरिषद् पूर्ण भएको हो। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आजै शपथ ग्रहण गराएका छन्।

नयाँ मन्त्रिपरिषद्मा मनिष सुमनले श्रम तथा यातायात, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास, शंकरप्रसाद चौधरीले वन तथा वातावरण, श्यामप्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण तथा फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

मन्त्रिपरिषद् विस्तारपछि प्रदेश सरकार अब नियमित प्रशासनिक तथा विकास गतिविधिमा केन्द्रित हुने बताइएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार