पर्सा, साउन १९ — जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणमा २०७ केजी गाँजा जस्तो पदार्थ बरामद गरेको छ।
प्रहरी उपरीक्षक पवन कुमार भट्टराईको नेतृत्वमा सञ्चालन भइरहेको अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले बिन्दवासिनी गाउँपालिका–५ मा सवारी जाँचका क्रममा प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअपबाट उक्त पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

तपाईको प्रतिक्रिया



