पर्सा । पर्साको छिपहरमाई गाउँपालिका–१ स्थित मिर्जापुर बगैंचा क्षेत्रमा प्रहरीले करिब १४० किलो गाँजा बेवारिसे अवस्थामा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, २०८३ साउन ९ गते राति करिब ९:३० बजे इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदिप पौडेल को नेतृत्वमा प्रहरी चौकी मिर्जापुर र सशस्त्र प्रहरी बल नेपाल, बीओपी मिर्जापुरको संयुक्त टोलीले नियमित गस्ती तथा निगरानीका क्रममा १३ वटा पोकामा रहेको गाँजा फेला पारेको हो।

बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रहरीको नियन्त्रणमा राखिएको छ। उक्त गाँजा कसले ल्याएको वा छाडेको भन्ने विषयमा हालसम्म खुल्न नसकेको र घटनामा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
तपाईको प्रतिक्रिया



