सडक विस्तारपछि सटर संकट, भाडा वृद्धि र प्रशासनिक कडाइ

वीरगंज मा मुख्य सडक विस्तारका कारण व्यापारिक संरचना हटाइएपछि सटर अभाव र भाडा वृद्धि समस्या गहिरिँदै गएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मुख्य सडक क्षेत्रका संरचना हटाएसँगै धेरै व्यवसायी विस्थापित भएका छन्।

सटर अभावले नयाँ तथा पुराना दुवै व्यवसायी प्रभावित भएका छन् भने उपलब्ध स्थानमा भाडा अस्वाभाविक रूपमा बढेको गुनासो बढेको छ। सहायक सडक क्षेत्रमा सर्ने क्रममा कोठा तथा सटर भाडा समेत दोब्बर पुगेको व्यापारीहरूको भनाइ छ।

यसैबीच वीरगंज महानगरपालिका ले अस्वाभाविक भाडा वृद्धि र जबरजस्ती विस्थापन नियन्त्रण गर्न बजार अनुगमन कडा बनाइने र कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय पर्सा ले जोखिमपूर्ण तथा भत्काइएका संरचनामा व्यवसाय सञ्चालन नगर्न चेतावनी दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल का अनुसार यस्ता स्थानमा व्यवसाय गर्दा ज्यान जोखिममा पर्न सक्ने भएकाले तत्काल रोक्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार