नेकपा एमालेको छिपहरमाइको भिस्वामा वडा स्तरीय भेला सम्पन्न- मियाको जित सुनिश्चित- मनोज गुप्ता

राजन कुमार बानिया
पर्सा १३ माघ
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ मा नेकपा एमालेको छिपहरमाई गाउँ पालिका वडा- ५ भिस्वामा वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै आयोजित बैठकमा चुनावी रणनीति, संगठन सुदृढीकरण तथा पार्टीपंक्तिको प्रभावकारी परिचालनबारे गम्भीर छलफल कार्ययक्रमा सम्पनन भएको छ । पर्सा–४ का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जालिम मियाले
पर्सा–४ लाई विकास, सुशासन र अवसरको दृष्टिले देशकै नमुना क्षेत्र बनाउने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवाको ऊर्जा, अनुभवको मार्गदर्शन र जनताको भरोसामा आधारित समावेशी विकासको खाका अघि सार्दै रोजगारी, पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने र आफ्नो बुथमा छाता छापमा मजबुती का साथ मतदान गर्न आग्रह गर्नुभयो। नेकपा एमाले जिल्ला उपाध्यक्ष एवम् छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता, वडा अध्यक्ष मौजिलाल साह लगाएत धेरै जना पार्टीका कजकर्ताहरुको सहभागी रहेको थियो।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार