नारा होइन, नीति र व्यवहारमा परिवर्तन : पर्सा–४ भवानीपुरमा नेपाली कम्युनिष्ट पार्टीको क्षेत्रीय भेला सम्पन्न

नारा मात्र होइन, नीति र व्यवहारबाटै परिवर्तन गर्ने प्रतिबद्धतासहित सोमबार नेपाली कम्युनिष्ट पार्टीको क्षेत्रीय भेला पर्सा क्षेत्र नं. ४ अन्तर्गत जिराभवानी गाउँपालिका–४ भवानीपुरमा सम्पन्न भएको छ।

भेलामा क्षेत्र नं. ४ का पार्टी नेतृत्व, कार्यकर्ता तथा सर्वसाधारण जनताको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी कार्यकर्ताहरूले अन्य दलको तुलनामा नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा अझ बलियो हुँदै गएको बताएका छन्।

कार्यक्रममा बोल्दै कार्यकर्ताहरूले पर्सा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जयप्रकाश थारुलाई विकासप्रेमी, जनताप्रति उत्तरदायी तथा कुशल उम्मेदवारको रूपमा चित्रण गरे। उनी अन्य दलका उम्मेदवारभन्दा फरक र भरोसायोग्य रहेको धारणा भेलामा व्यक्त गरिएको थियो।

कार्यक्रममा सहभागी पार्टीका नेता बलिराम साहले सबैले इमान्दारिताका साथ सहयोग गरे यसपटकको निर्वाचनमा पार्टीको जित सुनिश्चित हुने दृढ विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएकी नेत्री सावित्री पोख्रेलले आफूलाई नयाँ र देशभक्त पार्टीको रूपमा चिनाइरहेका दलहरूलाई मात्र नहेरी, जनताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको नेपाली कम्युनिष्ट पार्टीप्रति ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो। भेला पार्टीका प्रमुख अतिथि नगेंद्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार