समानुपातिकतर्फ पत्रकार दास कांग्रेसको उम्मेदवार

नेपाली कांग्रेसले संघीय प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल पत्रकार महासंघ बारा शाखाकी उपाध्यक्ष तथा सञ्चारकर्मी प्रीयन्का दासलाई समानुपातिक सांसदको उम्मेदवार बनाएको छ।

१५ वर्षभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय दासले लोकतन्त्र, प्रेस स्वतन्त्रता, महिला अधिकार र सामाजिक न्यायका सवालमा निरन्तर आवाज उठाउँदै आएकी छन्। सञ्चार क्षेत्रमार्फत जनचेतना अभिवृद्धि र सुशासनका विषयमा खेलेको भूमिकाको कदर गर्दै कांग्रेसले उनलाई समानुपातिक सूचीमा समावेश गरेको जनाएको छ।

दास ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल मधेस प्रदेशकी पूर्व कोषाध्यक्ष तथा हाल केन्द्रीय सदस्य हुन्। साथै, उनले १३ वर्षअघि स्थापना गरेको रेडियो विश्वास एफएमको अध्यक्षका रूपमा निरन्तर प्रसारण गर्दै आएकी छन् ।

कांग्रेसको यो निर्णयलाई महिला, युवा र मधेसी समुदायको प्रतिनिधित्व सुदृढ गर्ने सकारात्मक कदमका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार