सर्लाहीमा वडाध्यक्ष पक्राउ, नागरिकता घोटालामा अनुसन्धान

सर्लाहीको मलङ्गवा नगरपालिका–७ का वडाध्यक्ष मो. इशा मिकरानीलाई नागरिकता सम्बन्धी झुठो विवरण पेश गरी रामविश्वास रायलाई नागरिकता दिलाएको आरोपमा आइतबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सरोज राईका अनुसार, मिकरानीविरुद्ध सर्लाही जिल्ला अदालतले दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउने आदेश दिएको छ ।

प्रहरीका अनुसार, वडाध्यक्ष मिकरानीसहित अन्यको संलग्नता रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले गत बैशाख २२ गते नै अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार