रास्वपा–बालेनबीच सहमति, सभापति रवि र प्रधानमन्त्रीका उम्मेदवार बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच अन्ततः सातबुँदे सहमति भएको छ। लामो छलफलपछि मध्यराति भएको समझदारीअनुसार पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने र चुनाव चिन्ह घण्टी यथावत् रहनेछ।

सहमतिअनुसार रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने हुनेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह बन्नेछन्।

सहमतिमा भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलनलाई निरन्तरता दिने, घाइते तथा शहीद परिवारका माग सम्बोधन गर्ने र संरचनात्मक सुधारमार्फत देशको आर्थिक–सामाजिक उन्नयन गर्ने प्रतिबद्धता जनाइएको छ।

यस्तै, पार्टी संगठनलाई अझ सबल र समावेशी बनाउँदै योग्य र अनुभवी व्यक्तिलाई जिम्मेवारी दिने, निर्वाचनपछि पार्टीसम्बन्धी विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्ने र सुशासन तथा सामाजिक न्यायका मुद्दामा अन्य वैकल्पिक राजनीतिक शक्तिलाई सहकार्यका लागि आह्वान गर्ने सहमति भएको छ।

उज्यालो नेपाल पार्टीलाई समेट्ने प्रयास सफल हुन नसकेपछि रास्वपा र बालेन शाहबीच मात्रै तत्काल एकता गर्ने निष्कर्षमा पुगेको जनाइएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार