मकवानपुरका दुई जना चरेससहित पर्सामा पक्राउ

पर्सा प्रहरीले २४० किलो लागुऔषध चरेससहित पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय, पर्साले दिउँसो आयोजित पत्रकार सम्मेलनमार्फत पक्राउ परेकाहरू र बरामद सामग्री प्रदर्शन गरेको हो।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा वीरगंज–२२ जगरनाथपुरबाट चरेस ओसारपसार गर्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका थिए।

पत्रकार सम्मेलनमा पर्सा प्रहरी प्रमुख एसपी सुदिपराज पाठकले पक्राउ परेकाहरू मकवानपुरको थाहा नगरपालिका–१९ निवासी सरोज मोक्तान र सोही स्थानका नवराज लो रहेको जानकारी दिए। उनीहरूको साथबाट ना ३ ख ५०९३ नम्बरको ६ चक्के ट्रक पनि बरामद गरिएको छ।

एसपी पाठकले बरामद चरेस कहाँबाट ल्याइएको र कहाँ पुर्याथउन लागिएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताएका छन्। घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएकोबारे पनि अनुसन्धान तीव्र बनाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार