बंगलादेशमा धार्मिक अपमानको आरोपमा दीपु चन्द्र दास नामका युवकलाई भीडले सामूहिक कुटपिट गरी हत्या गरेको घटनाको विरोधमा वीरगंजमा प्रदर्शन भएको छ।
प्रदर्शनमा सहभागी हिन्दुवादी युवाहरूले बंगलादेश सरकारविरुद्ध कडा नाराबाजी गरेका थिए। सहभागीहरूले यस्तो घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले ध्यान दिनुपर्ने र अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गरेका थिए ।

वीरगंजमा भएको प्रदर्शन शान्तिपूर्ण भए पनि सहभागीहरूले सामाजिक संजालमार्फत बंगलादेशमा हुने धार्मिक हिंसाविरुद्ध गम्भीर चेतावनी समेत दिएका छन् ।
तपाईको प्रतिक्रिया



