राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त हुने भएका छन्। उच्च अदालत बुटवलले उनलाई जमानतमा रिहा गर्न आदेश दिएको हो।
अदालतका अनुसार लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ जमानत बुझाउनुपर्नेछ भने थप १ करोड रुपैयाँ धरौटी राख्न पनि आदेश दिइएको छ। तोकिएको रकम बुझाएपछि उनलाई थुनामुक्त गरिने उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।

अदालतको आदेशसँगै लामिछानेको थुनामुक्तिको प्रक्रिया अघि बढ्ने भएको छ।
तपाईको प्रतिक्रिया



