मेयर सिंहको घरमा आगजनी गरेको आरोपमा एकजना एकजना पक्राउ

भदौ २३–२४ गते भएको जेन–जेड आन्दोलनको क्रममा वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहको घरमा आगजनी र लुटपाट भएको घटनामा पर्सा प्रहरीले रञ्जन सिंह राजपुतलाई पक्राउ गरेको छ।

मेयर सिंहको परिवारले उजुरी दिएपछि राजपुतलाई बिहीबार बिहान नियन्त्रणमा लिइएको हो। भदौ २४ गते वीरगंज–३ स्थित घरमा आगजनी र सम्पत्ति लुटपाटमा राजपुतसहित १० जनाभन्दा बढी संलग्न रहेको आरोप छ।

पक्राउ परेकासहित अन्य संलग्नको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार