एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन । निर्वाचन परिणामअनुसार ओलीले १ हजार ६६३ मत प्राप्त गर्नुभएको छ भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन ।

ओली यससँगै तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका हुन् । उनि २०७१ सालमा काठमाडौँमा सम्पन्न नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई ४४ मतले पराजित गर्दै पहिलो पटक अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि २०७८ सालमा चितवनको सौराहामा सम्पन्न महाधिवेशनबाट दोस्रो पटक अध्यक्षमा चयन भए । यसअघि २०६५ सालमा काठमाडौँमा आयोजित आठौँ महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए ।

अध्यक्ष पदका अर्का उम्मेदवार तथा पूर्वमहासचिव ईश्वर पोखरेलले भने पहिलो पटक अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।

यसैगरी एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित भएका हुन् । पोखरेलले १ हजार २ सय २८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९ सय ९९ मत प्राप्त गरेका छन ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार