महान्यायाधिवक्ता भण्डारी बराल ट्रान्सपरेन्सी नेपालको साधारण सदस्यबाट निलम्बन

ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ। सार्वजनिक पदमा पुगिसकेकी र केही विवादमा जोडिएकी भण्डारी बरालविरुद्ध उक्त निर्णय कार्यसमितिले गरेको हो ।

संस्थाका अनुसार, विवाद सुरु भएपछि उनलाई राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिइएको थियो, तर उनले अस्वीकार गरेकी थिइन्। वरिष्ठ अधिवक्ता समेत रहेकी भण्डारी बरालले सार्वजनिक वृत्तमा केही निर्णयबारे प्रश्न उठाएपछि कार्यसमितिले निलम्बनको निर्णय गरेको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपाल भ्रष्टाचार अनुगमन र यसको विरुद्ध वकालत गर्ने संस्था हो । भण्डारी बराल यसअघि पटकपटक संस्थाको कार्यसमितिमा निर्वाचित भइसकेकी साधारण सदस्य पनि हुन् ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार