पर्सा — नेकपा (एमाले) को ११औँ महाधिवेशनका लागि पर्सा क्षेत्र नं. ४ बाट प्रतिनिधि चयन प्रक्रिया सम्पन्न भएको छ। यस क्षेत्रबाट राष्ट्रिय युवा संघ नेपाल पर्साका अध्यक्ष सुबास साह महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्।
स्थानीय तहदेखि संगठनसम्म सक्रिय भूमिकाका कारण साहको नाममा कुनै प्रतिस्पर्धा नभएपछि सर्वसम्मत रूपमा चयन गरिएको एमाले पर्साका नेताहरूले बताए।

यसैगरी, पर्सा क्षेत्र नम्बर ४ खुल्लातर्फ एमाले पर्साका उपाध्यक्ष तथा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता, एमाले नेता जलिम मिया, ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, नेता विरेन्द्र यादव पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत छानिएका छन्।
महिला क्लस्टरतर्फ ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मी, नेतृ अन्सु आनन्दलगायतका नेतृहरू सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि बनेका छन्।
एमाले पर्सा क्षेत्र नं. ४ मा प्रतिनिधि चयन प्रक्रिया शान्त र भाईचारापूर्ण माहोलमा सम्पन्न भएको बताइएको छ। पार्टी का स्थानीय नेताहरूको भनाइअनुसार, महाधिवेशनलाई लक्षित गर्दै संगठन मजबुत बनाउन यसपालिको सर्वसम्मत चयनले सकारात्मक सन्देश दिएको छ।



