सर्वोच्च अदालतको परमादेशपछि मधेश प्रदेशसभामा विश्वासको मत प्रक्रिया आज दिउँसो २ बजे हुने भएको छ। बिहान साढे ८ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवसहित एमाले सांसद उपस्थित नभएपछि उपसभामुखले बैठक सार्नुभएको हो।
मुख्यमन्त्री यादवले सर्वोच्चको आदेशको पत्र हिजो दिउँसो ३ बजे मात्र प्राप्त भएको भन्दै त्यसपछि नै विश्वासमतका लागि सचिवालयमा निवेदन दिएको बताउनुभएको छ। उहाँ एमाले संसदीय दलका नेताका रूपमा विवादास्पद रूपमा नियुक्त हुनुभएको थियो।

उहाँको नियुक्तिविरुद्ध ७४ सांसदले सर्वोच्चमा रिट दिएका थिए। आजको विश्वासमतले मधेश सरकारको दिशा तय गर्नेछ।
तपाईको प्रतिक्रिया



