जसपा अध्यक्ष यादवद्वारा तीनदिने प्रशिक्षण सम्पन्न

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेता तथा कार्यकर्तालाई लक्षित तीनदिने प्रशिक्षण सम्पन्न गरेका छन्। जनकपुरस्थित शुभम् होटलमा पार्टी स्कुल तथा प्रशिक्षण विभागको आयोजना गरिएको उक्त कार्यक्रम शुक्रबार सम्पन्न भयो।

प्रशिक्षणमा अध्यक्ष यादवले नेपालको राजनीतिक शक्तिको तुलनात्मक अध्ययन, जसपा नेपालको नीति–सिद्धान्त, नेतृत्व विकास तथा पार्टीको दीर्घकालीन राजनीतिक लक्ष्यबारे विस्तृत प्रकाश पारे। साथै मुलुकको वर्तमान राजनीतिक परिस्थिति, दलहरूको वैचारिक मार्ग, शक्ति सन्तुलन, संघीयता र गणतन्त्रसँग जोडिएका समसामयिक चुनौतीहरूबारे पनि उनले गहन प्रस्तुति दिए ।

कार्यक्रममा राजनीतिक विश्लेषक जय निशान्तले डिजिटल युगमा एआई र सोसल मिडियाको प्रभावकारी प्रयोग, नेतृत्व विकासका रणनीति तथा निर्वाचन व्यवस्थापनबारे प्रशिक्षण प्रदान गरे ।

त्यसैगरी अर्थशास्त्री उमाशंकर प्रसाद साहले नेपालको आर्थिक अवस्थाको विश्लेषण, संघ–प्रदेशबीचको वित्तीय हस्तान्तरणका असमानताहरू र वित्तिय संरचनाका चुनौतीहरूबारे सहभागीहरूलाई अवगत गराए ।

समापन समारोहमा अध्यक्ष यादवले सबै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरे। पार्टीका प्रदेश, जिल्ला तथा राष्ट्रिय समितिका पदाधिकारी, सदस्य, जनप्रतिनिधि र मनोनीत प्रतिनिधिहरू गरी उल्लेखनीय संख्यामा नेता–कार्यकर्ता प्रशिक्षणमा सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार