वीरगञ्जबाट श्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले आज शुक्रबार बिहान श्रोत नखुलेका हुण्डीको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतका विहार जिल्लास्थित मोतीहारी थाना रक्सौल वडा नं. १ बस्ने ५३ वर्षीय सुरेन्द्र साह रहेका छन् । प्रहरीका अनुसार साह मधेश प्रदेश ०३-०२५ प ९८०७ नम्बरको मोटरसाइकल चलाएर नेपाल आउदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

उनलाई वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित रजतजयन्ती चोकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा उनके मोटरसाइकलको एयर फिल्टरभित्र लुकाइ राखेको कुल १० लाख नेपाली रुपैयाँ बरामद भएको हो । बरामद भएको रकममध्ये रू. १,००० दरका ७०० थान नोट र रू. ५०० दरका ६०० थान नोट रहेका छन् ।

प्रहरीले साहलाई बरामद रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार