बाराको प्रसौनी गाउँपालिका–६ मा गएराति एक पुरुषको घाँटी रेटेर हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार मृतक सर्लाही धनकौलका ४२ वर्षीय राम किशोर सिंह हुन्। सिंह प्रसौनीस्थित किरण वेबरेजका व्यवस्थापक रहेको प्रहरीले पुष्टि गरेको छ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने र आसपासका स्थानीयबाट बयान लिने कार्य जारी राखेको डीएसपी पण्डितले जानकारी दिए ।
“प्रारम्भिक अनुसन्धानले उनको घाँटी रेटेर हत्या गरिएको देखाएको छ,” उनले भने, “हामी सबै कोणबाट अनुसन्धान अगाडि बढाइरहेका छौँ।”
प्रहरीका अनुसार हत्यामा कसको संलग्नता छ र घटनाको कारण के हो भन्नेबारे अहिलेसम्म कुनै स्पष्टता आएको छैन। घटनाबारे अनुसन्धान तीव्र पारिएको जनाएको छ।
तपाईको प्रतिक्रिया



