बारामा प्रहरीले एकैदिन विभिन्न स्थानबाट करिब दुई लाख रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंसिर ९ गते विभिन्न चेकपोइन्टमा खटिएको टोलीले भारतबाट गैरकानुनी रूपमा ल्याइँदै गरेका १ लाख ७७ हजार ९९० रुपैयाँ मूल्यका सामग्री नियन्त्रणमा लिएको हो ।

प्रसौनी, अमलेखगंज र मटिअर्वा क्षेत्रका टोलीहरूले गेम भेष्ट, जगेरी पाउडर, लसुन, साडी, सजावटका सामग्री तथा विभिन्न कस्मेटिक सामान बरामद गरेका छन्।
बरामद सबै सामान आवश्यक कानुनी प्रक्रिया अघि बढाइएका जिल्लाे प्रहरी कार्यालय बाराले जनाएको छ।
तपाईको प्रतिक्रिया



