नेपाल–भारत सीमा नाकामा ठूलो परिमाणको लागुऔषधसहित भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरीले नेपाल–भारत सीमा नाकाबाट ठूलो मात्रामा लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको विहार राज्य, मधवापुर–२ का ३५ वर्षीय विनोद साह रहेका छन्।

बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनीका डिआइजी कृष्ण ढकालका अनुसार साहको साथबाट निटजासकपान ट्याबलेट ३,२९८ थान, डाइजापाम २९९ भाइल, फेनारगन ३०० भाइल, बुप्रेनोफिन २७४ थान तथा पहिचान नखुलेको खैरो पदार्थ ६५० मिलिग्राम बरामद गरिएको हो।

मटिहानीस्थित सशस्त्रको बोर्डर आउटपोस्ट (BOP) टोलीले मटिहानी नगरपालिका–८ को सीमा स्तम्भ नं. २९५–५ नजिक साहलाई तलासी लिँदा निलो झोलामा लुकाइएका लागुऔषध फेला पारेको हो। साथै साहसँग मोबाइल, आइप्याड र नेपाली तथा भारतीय रुपैयाँ पनि बरामद गरिएको सशस्त्रले जनाएको छ।

पक्राउ परेका साहलाई बरामद सामग्रीसहित जिल्ला प्रहरी कार्यालय महोत्तरी बुझाउने प्रक्रिया जारी छ। डिआइजी ढकालका अनुसार सीमा क्षेत्रमा लागुऔषध तस्करी रोकथामका लागि निगरानी अझ कडा बनाइएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार