मधेस प्रदेश सरकारले विवाह पञ्चमीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेशभरका सरकारी तथा सार्वजनिक कार्यालय मंगलबार बन्द रहने जनाएको हो।
मन्त्रालयले २०८१ चैत २२ मा प्रकाशित प्रदेश राजपत्र अनुसार विवाह पञ्चमीका दिन बिदा लागू हुने स्पष्ट गरेको छ। शाखा अधिकृत राधेशंकर प्रसाद पालद्वारा जारी पत्रमा नागरिक तथा कार्यालयहरूलाई आवश्यक जानकारीका लागि सूचना सार्वजनिक गरिएको उल्लेख छ।

विवाह पञ्चमीका मुख्य कार्यक्रम जनकपुरधाममा हुँदै आएको छ।
तपाईको प्रतिक्रिया



