प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दामा सर्वोच्चद्वारा लिखित जवाफ माग

सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ पेश गर्न आदेश गरेको छ।

राजदूत फिर्तासम्बन्धी सर्वोच्चको आदेश कार्यान्वयन नगरेको आरोपमा अधिवक्ता डॉ. प्रेमराज सिलवालले प्रधानमन्त्रीविरुद्ध अवहेलनाको दाबी गर्दै निवेदन दर्ता गराएका थिए।

उक्त निवेदनको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीशहरू हरि फूयाल र अब्दुल अजिज मुसलमानसमेतको संयुक्त इजलासले प्रधानमन्त्री कार्कीसँग लिखित स्पष्टीकरण माग्ने आदेश जारी गरेको हो।

डॉ. सिलवालले राजदूत फिर्ता सम्बन्धी सर्वोच्च अदालतको आदेश उल्लंघन गरिएको र प्रधानमन्त्रीले न्यायालयको मर्यादामाथि प्रहार भएको दाबी गरेका छन्। अब अदालतले तोकेको म्यादभित्र प्रधानमन्त्री कार्कीले आफ्नो लिखित जवाफ पेस गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार