अब युवालाई नै मुलुकको जिम्मेवारी सुम्पिने समय आएको प्रचण्डको भनाई

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकको नेतृत्व र जिम्मेवारी युवालाई सुम्पिने समय आएको बताएका छन् । शनिबार पेरिसडाँडामा जेनजी कार्यकर्तासँगको संवाद कार्यक्रममा प्रचण्डले अघिल्लो पुस्ताले युवा पुस्तालाई वैचारिक र सांस्कृतिक रूपमा मार्गदर्शन गर्दै आएको बताए ।

उनले भने, “अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो, नयाँ नेपालको सपना हामीले देख्नुपर्छ ।” प्रचण्डले युवाहरूको सक्रियता र जेनजी आन्दोलनले देश र विश्वभर नेपालीहरूलाई झकझक्याएको उल्लेख गर्दै आन्दोलनका माग सही रहेको र नयाँ परिस्थिति निर्माण भएको बताए ।

साथै उनले भ्रष्टाचार नियन्त्रण, सुशासन, समावेशिता सुनिश्चित गर्ने र वैदेशिक हस्तक्षेपको अन्त्य गर्ने लक्ष्यमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै आफूहरू तयार भएर अगाडि बढेको पनि बताए ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार