सप्तरीमा मोबाइल चोरीको आरोपमा कुटपिटबाट युवकको मृत्यु, चार जना पक्राउ

सप्तरीमा मोबाइल चोरीको आरोपमा कुटपिट हुँदा १९ वर्षीय मुकेशकुमार यादवको मृत्यु भएको छ ।

घटनापछि प्रहरीले ३५ वर्षीया सरोकुमारी साहसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १७ वर्षीय दिनेश ठाकुर, १४ वर्षीय रवीन्द्र (छोटु) ठाकुर र २५ वर्षीय सन्तोष राउत रहेका छन ।

मृतक यादव र पक्राउ परेका चारैजना हाल राजविराज नगरपालिका–१६ बोरियामा बस्दै आएका थिए ।

बुधबार साँझ राजगढ–६ फकिरा टोलमा साहले यादवलाई लठ्ठीले कुटपिट गर्दा उनी गम्भीर घाइते भएका थिए ।

घाइते यादवलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल र त्यसपछि छिन्नमस्ता अस्पताल पठाइएको थियो ।

तर शुक्रबार साँझ उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार