बाराको सिमरा क्षेत्रमा दुई दिनदेखि जारी जेन–जी समूहको सडक अवरोध बिहीबार अन्त्य भएको छ।
अवरोधका कारण अवरुद्ध वीरगञ्ज–पथलैया खण्ड खुलेसँगै यातायात पुनः सामान्य बन्दै गएको स्थानीय प्रशासनले जनाएको छ।

युवाहरूले प्रशासनसँग प्रारम्भिक सहमति भएपछि आन्दोलन थामिएको बताएका छन्। समूहका प्रतिनिधि कपिल खरेलका अनुसार शुक्रबार थप वार्ता गर्ने तयारी छ।
पूर्वसन्ध्यामा भएको धक्का–मुक्कीमा दुवै पक्षका करिब एक दर्जन जना घाइते भएका थिए। उनीहरूको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको छ।
सिमरा बजार र आसपासका क्षेत्रमा अवस्था क्रमशः शान्त हुँदै गएको तथा सुरक्षातह सतर्क अवस्थामा रहेको प्रशासनले जनाएको छ।
तपाईको प्रतिक्रिया



