सिमरा घटनामा एमाले अध्यक्ष ओलीको आपत्ति, ‘विमानस्थलमै अवरोध, चुनाव कसरी हुन्छ ?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाराको सिमरा विमानस्थलमा पार्टी नेताहरूको कार्यक्रम अवरुद्ध गरिनु ‘गम्भीर र आपत्तिजनक’ भएको बताएका छन्। बुधबार स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्दै उनले विमानस्थलमै ‘ढुंगामुढा र अवरोध’ हुन दिइएको आरोप लगाए।

ओलीले भने, ‘एयरपोर्टमै तोडफोड गर्न दिइयो, ५०/६० जना मान्छे आएर ढुंगामुढा गरेर विमानस्थल नै बन्द गराइदिने, के हो यस्तो ? जति बेला चाह्यो जेनजी भन्यो, विमानस्थल बन्द हुन्छ। सभा गर्न नदिनेहरूले चुनावमा कसो गर्छ ?’

उनका अनुसार एमालेका नेताहरू सिमरामा आयोजित मधेश प्रदेशस्तरीय कार्यक्रममा जाँदै गर्दा ‘जेन–जेड’ शीर्षकमा देखिएको अवरोधका कारण विमान अवतरण नै हुन नसकेको थियो। यसपछि प्रशासनले कर्फ्यू जारी गर्न बाध्य भएको थियो।

ओलीले एमालेलाई लक्षित गरेर भइरहेका गतिविधि दोहोरिए ‘अब UML भाग्ने छैन, प्रतिवाद गर्दै अघि बढ्ने’ चेतावनी पनि दिए।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार