सिमरा विमानस्थल वरिपरि अनिश्चितकालीन कर्फ्यु, प्रदर्शन नियन्त्रणका लागि आदेश

बारा जिल्ला प्रशासनले सिमरा विमानस्थल आसपास अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले आज आदेश जारी गर्दै स्थिति नियन्त्रणमा राख्न यो कदम आवश्यक भएको बताएका छन्।

प्रशासनका अनुसार, विमानस्थल क्षेत्रमा ‘जेन-जेड’ समूहका युवाहरूको प्रदर्शन र राजनीतिक दलसँग सम्बन्धित झडप, भिडभाड तथा तोडफोडका कारण कर्फ्यु आवश्यक परेको हो।

आदेश अनुसार सरकारी कार्यालय, कर्मचारी, पदाधिकारी र निजी सम्पत्ति सुरक्षित राख्न हिँडडुल, भेला, जुलुस, सभा वा घेराउ गर्न पूर्ण निषेध छ।

कर्फ्यु आज दिउँसो १२:३० बजेदेखि लागू भएको छ र गण्डक नहरदेखि पथलैया सडकखण्ड ५०० मिटर तथा विमानस्थल वरिपरि २०० मिटरभित्र सीमित गरिएको छ।

अत्यावश्यक सेवाहरूमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, प्रेस पास भएका सवारी, सुरक्षाकर्मी, पर्यटक र हवाई टिकट अनुसार हवाई यात्रुहरूको आवागमन अनुमति दिइएको छ।

प्रशासनले यी सेवाहरूको सहज सञ्चालनका लागि सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार