सर्लाहीमा ३८ किलो ८९० ग्राम गाँजा बरामद, एक जना पक्राउ

लालबन्दी नगरपालिका–६, शिव मन्दिर क्षेत्रमा प्रहरीले सोमबार बिहान ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा गरिएको छापामारीमा ३८ किलो ८९० ग्राम गाँजा फेला परेको हो ।

प्रहरीले गाँजा ओसारपसारमा संलग्न हरिवन नगरपालिका–१, पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, भित्री बाटो हुँदै प्रदेश–२–०३००१ ह ३२८ नम्बरको अटो र ना ६० प ५५६ नम्बरको मोटरसाइकलबाट गाँजा बरामद भएको हो । अटोमा एक पोका र मोटरसाइकलमा छ पोका गाँजा फेला परेको छ ।

पक्राउ परेका श्रेष्ठ अटोमा सवार थिए भने मोटरसाइकलमा रहेका अन्य व्यक्ति फरार छन्। उनीहरूको खोजी भइरहेको इन्स्पेक्टर जोहारीले जानकारी दिनुभयो ।

सो घटनालाई लिएर प्रहरी टोली आइतबार राति नै क्षेत्रभर तैनाथ भएको र सुराकी अनुसार छापामारी गरिएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार