मधेसमा ७ दलको विरोध: सर्वोच्चको फैसला नआएसम्म आन्दोलन जारी रहने

मधेसमा आन्दोलनरत ७ राजनीतिक दलले मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिको विषयमा सर्वोच्च अदालतको फैसला नआएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेका छन्।

नेकपा एमाले संसदीय दलका नेता यादवलाई अवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेको भन्दै बुधबार आन्दोलनको चौथो दिन पनि दलहरूले संयुक्त विरोध प्रदर्शन गरेका थिए।

जसपा नेपाल मधेसका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशमा संवैधानिक व्यवस्थाको ख्याल नगरी अवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएको र सर्वोच्चको फैसला नआएसम्म शान्तिपूर्ण आन्दोलनका कार्यक्रम जारी रहने बताए। उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै नियुक्तिको बाटो खुल्ने विश्वास व्यक्त गरे।

बुधबारको धर्नामा नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरू सहभागी थिए।

मंगलबार पनि मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्दा मधेस भवन बाहिर ७ दलका नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार