भन्सार छलि गरी ल्याइएको करिब पाँच लाखभन्दा बढी मूल्यको सामान प्रहरीले पर्साको बीरगंजबाट बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले बीरगंज महानगरपालिका–१६ रजत जयन्ती चोक सडकखण्डबाट भन्सार छलि ल्याइएका विभिन्न सामान बरामद गरेको हो।

प्रहरीका अनुसार अन्दाजी रु. ५ लाख ७२ हजार २ सय १० मूल्य बराबरका लत्ता–कपडा, टेलिभिजन, मोबाइल, म्याजिक पाउडर, चाइनिज मोबाइल र चाबी चिङ लगायतका वस्तु पक्राउ परेका हुन्।
बरामद गरिएका ती सबै सामान आवश्यक कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा पठाइएको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ।
तपाईको प्रतिक्रिया



