मधेशमा संविधानको धारा १६८ (३) अनुसारको नयाँ सरकार गठन

मधेश प्रदेशमा संविधानको धारा १६८ को उपधारा (२) अझै जीवित रहँदा पनि प्रदेश प्रमुख सुमित्रा भण्डारीले धारा १६८(३) अनुसार नयाँ सरकार गठन गरेकी छन्।

प्रदेश प्रमुख भण्डारीले आइतबार नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

संविधानको धारा १६८(२) बमोजिम निवर्तमान मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले विश्वासको मत नलिए पनि उनले मत गुमाउनु अघि नै राजीनामा दिएका थिए। त्यसकारण कानुनविद्हरूको मतमा १६८(२) को अवस्था जीवित रहँदै सरकार गठनको अर्को धारामा जाने प्रक्रिया विवादास्पद बनेको छ।

सोनल पक्षले पनि प्रदेश प्रमुखलाई धारा १६८(२) अन्तर्गतकै प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो। तर, एमालेको प्रस्तावमा प्रदेश प्रमुखले धारा १६८(३) अनुसार सरकार गठन गरेकी हुन्।

यसअघि भण्डारीले विभिन्न राजनीतिक दलका नेता र संविधानविद्हरूसँग परामर्श गरेकी थिइन्। कानुनी अन्योलबीच भएको नयाँ सरकार गठनबारे अब प्रदेशसभामा राजनीतिक बहस तीव्र हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

ताजा खबर

ADVERTISEMENT
सम्बन्धित समाचार